02/23/2026, 16:00:33
सोमबार, फागुन ११, २०८२

बस दुर्घटनाप्रति ओली र देउवाद्धारा दुःख व्यक्त


काठमाडौं, फागुन ११  गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले धादिङमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष ओलीले सोमबार सामाजिक सञ्जालमार्फत घटनाका मृतकहरूप्रति श्रद्धाञ्जली दिँदै उनीहरूका परिवारमा समवेदना व्यक्त गरेका हुन्। उनले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

त्यस्तै पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले पनि धादिङमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस आइतबार रातीिधादिङको भैंसीगौंडा स्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा हालसम्म १७ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी २४ जना यात्रु घाइते भएको प्रहरीले बताएको हो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..