१३ कात्तिक, काठमाडौं । सोमबार घटेको सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ। चाँदीकाे मूल्य पनि आज बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज सुनको मूल्य एक लाख ६८ हजार पाँचसय कायम भएको छ। हिजो सुनको मूल्य एक लाख ६७ हजार रुपैयाँ थियो।

आज एकैदिन एक हजार पाँचसय रुपैयाँ बढेर सुन अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो। चाँदी पनि आज महँगिएकाे छ। चाँदी आज तोलाको दुई हजार एक सय पाँच रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ। हिजाे चाँदीकाे मूल्य २ हजार ६५ रुपैयाँ थियाे।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















