१२ कात्तिक, काठमाडौं । सुन-चाँदीकै मूल्यमा आज गिरावट आएको छ। हिजो तोलामा १ हजार ४ सय रुपैयाँ बढेर अहिलेसम्मकै सबैभन्दा महँगो बनेको सुनको मूल्य आज तोलामा चारसय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज सुनको मूल्य एक लाख ६७ हजार रुपैयाँ कायम छ। हिजो सुनको मूल्य १ लाख ६७ हजार ४ सय रुपैयाँ थियो। शुक्रबार १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको सुन हिजो एकैदिन चौधसय रुपैयाँ बढेको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। हिजो तोलमा १५ रुपैयाँ बढेर २ हजार ८५ रुपैयाँ पुगेको चाँदीको मूल्य आज तोलामा २० रुपैयाँ घटेर २ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















