01/07/2026, 23:10:47
बुधबार, पुष २३, २०८२

गोंगबुबाट लागु औषधसहित दुईजना पक्राउ


काठमाडौँ, पुस २२ गते । प्रहरीले गए राति टोखा नगरपालिका-९ गोंगबुस्थित दीपसागर होटेलबाट लागू औषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका-११ का २६ वर्षीय महेन्द्र तामाङ र बागलुङको ढोरपाटन नगरपालिकाकी २२ वर्षीया निरूता अदेही मगरलाई छ ग्राम ४४० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो ।

 

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले सो होटेलको ५१५ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी नियन्त्रणमा लिएको हो ।

यसैबीच देशका विभिन्न स्थानबाट लागु औषधसहित २५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । झापा, दाङ, सुनसरी, मोरङ, रूपन्देही, सिराहा, कैलालीलगायत जिल्लाबाट उनीहरू पक्राउ परेका हुन् । हाल उनीहरूलाई प्रहरी नियन्त्रणमा लिई आवश्यक कारबाही तथा अनुसन्धान भइरहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..