काठमाडौँ, पुस १३ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार सेती पुलको निरीक्षण गरेका छन् ।
मन्त्री घिसिङले बिहान पोखरा-मुग्लिङ सडक खण्ड अन्तर्गत पर्ने निर्माणाधीन सेती पुलको निरीक्षण गरेका हुन् । पोखरा आवतजावतको क्रममा सवारीसाधन थुप्रिने साँघुरो बोटलनेकको रूपमा रहेको उक्त स्थानमा निर्माणाधीन पुलको भौतिक प्रगति ५४ प्रतिशत रहेको छ । निरीक्षणका क्रममा मन्त्री घिसिङले पुल निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















