12/20/2025, 16:54:45
शनिबार, पुष ०५, २०८२

निर्वाचनका लागि कांग्रेस सप्तरीको उम्मेदवार सिफारिस


कल्याणपुर (सप्तरी), पुस ५ गते । नेपाली कांग्रेस सप्तरीले जिल्लाको चार वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक र राष्ट्रिय सभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको हो ।

प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ बाट पार्टी जिल्ला सभापति रामदेव साहसहित दीपक गुप्ता, दुर्गा भट्टराई, लक्ष्मीदेवी यादव र शत्रुघन यादवको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर २ बाट पार्टी उपसभापति रामकुमार यादव, ध्रुव देव, डा. अनिल झा, शैलेन्द्र कुमार मण्डल, प्रवीणकुमार सिंह र अमवुजकुमार सिंहको नाम कांग्रेसले सिफारिस गरिएको कांग्रेसका सप्तरीका सचिव सनत मंडलले जानकारी दिनुभयो ।

यस्तै क्षेत्र नम्बर ३ बाट निवर्तमान प्रतिनिधिसमा सदस्य दिनेशकुमार यादव, शिवनारायण चौधरी, श्रीप्रसाद राउत र नवोदित चौधरीको नाम सिफारिस गरिएको हो ।

क्षेत्र नम्बर ४ बाट निवर्तमान प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी, किरण भगत, अशोककुमार साह र सुरेन्द्रप्रसाद यादवको नाम सिफारिस गरिएको पार्टीका जिल्ला सचिव सनत मण्डलले जानकारी दिनुभयो ।

यस्तै समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा महिलातर्फ मुनीकुमारी गुप्ता, शकान्तिदेवी क्षेत्री, निर्मलाकुमारी चौधरी, राजश्री यादव, सुधाकुमारी चौधरी, रेणु गुप्ता, सरस्वती गुप्ता, मंजु देवी गोइत, दयावतीदेवी, बिमला पोखरेल, निशु काफ्‌ले, सन्तोषी कुमारी साह, समुन कुमारी रजक र दुर्गा पोखरेलको नाम सिफारिस गरिएको छ ।

पुरुषतर्फ क्षेत्र नम्म्बर १ बाट आशाराम चौधरी, भुवनेश्वर साफी, बुदुर राम, रोजित शेख, महेन्द्रप्रसाद यादव, घनानन्द यादव, उमेश बस्नेत, नन्द कुमार लगरबार, देवलाल मण्डल, उचित नारायण चौधरी, महानन्द झा, बलराम खंग, सुरेन्द्र यादव, जुगेश्वर यादव, उमेश साह, पुष्कर दास, मङ्गल परियार र रमेशकुमार कार्कीको नाम सिफारिस गरिएको हो ।

क्षेत्र नम्बर २ मा महिलातर्फ मालती चौधरी, नितु झा, मोहनी साफी, आकृति राम, गायत्री देवी, सरोबर देवी नायक र सविता कोइराला समानुपातिकका लागि सिफारिस हुनु भएको हो ।

पुरुषतर्फ सुशिल सेवा, रामकुमार साह, रामेश्वर यादव, बिन्देश्वर साह, अनिल देव, धर्मनारायण साह, योगेन्द्र देव, तिर्थनारायण दास, दिलिप कुमार झा, प्रदीप कुमार झा, भगवानलाल दास, कृष्णदेव यादव र डा। सत्यनारायण चौधरीको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर ३ बाट समानुपातिकामा महिलातर्फ बिन्दुकुमारी यादव, गीताकुमारी यादव, कविताकुमारी यादव, सुनितादेवी चौधरी, नितु साह र सबनम खातुनको नाम सिफारिस गरिएको छ ।

पुरुषतर्फ सबुर लाल साह, रामसुन्दर मण्डल, रंजित कुमार साह र नजमुल मियाँको नाम सिफारिस भएको हो । क्षेत्र नम्बर ४ मा महिलातर्फ नमिताकुमारी चौधरी, निर्मला यादव, चन्दन झा, गीताकुमारी चौधरी र शान्ति देवी मण्डलको नाम सिफारिस गरिएको छ ।

पुरुषतर्फ फतेह महम्द मियाँ, रामाकान्त यादव, सूर्यनारायण चौधरी, रामलखन साह, राजेन्द्र साफी, रामसरन साह र हिरालाल यादवको नाम सिफारिस गरिएको छ ।

यस्तै राष्ट्रिय सभाका लागि पनि सप्तरी कांग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर १ बाट नागेन्द्र झा, बिरबल बिराजी, देवनारायण मण्डल र पञ्चदेव चौधरी सिफारिस हुँदा क्षेत्र नम्बर २ बाट सकलदेव सुतिहार, रंजित कर्ण, नरेन्द्र कुमार सिंह, डा. सुरेशचन्द्र चालिसे र रामनारायण देव सिफारिस भएका छन् ।

क्षेत्र नम्बर ३ बाट भागवत यादव सिफारिस हुँदा दिनेशकुमार यादव, अम्बिका न्यौपाने र सुन्दरबल चौधरी राष्ट्रिय सभाको उम्मेदवारका लागि सिफारिस भएका गरिएको नेपाली कांग्रेस सप्तरीले जनाएको छ ।

– विनय कर्ण