काठमाडौँ, पुस २ : प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताउनुभएको छ ।
संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले बुधबार पुल्चोकस्थित यूएन हाउसमा आयोजित समारोहलाई सम्बोधन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘नेपालले संयुक्त राष्ट्र संघलाई उच्च मूल्याङ्कन गर्छ। तपाईंहरूले विश्व शान्ति कायम राख्न, विकासलाई समर्थन गर्न र हामीलाई राम्रो भविष्य निर्माण गर्न मद्दत गर्दै आउनुभएको छ। लामो समयदेखि संयुक्त राष्ट्र संघले नेपाल जनताको जीवन सुधार गर्न मद्दत गर्दै आएको छ। हामी यो सहयोगको कदर गर्छौं।’

What if you could work from Anywhere?
Explore More with something that can change your Life!













