काठमाडौँ, पुस १ : सरकारद्वारा गठित वार्ता समिति र नागरिक बचाउ अभियानका टोलीबिच वार्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा वार्ता भएको हो।
वार्तामा सरकारकोतर्फबाट सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना तथा नागरिक बचाउ अभियानका प्रेमदिप लिम्बु, देवीप्रसाद सङ्ग्रौला, प्रेम थापामगर सहभागी हुनुहुन्छ। अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले वार्ताको सहजीकरण गर्नुभएको हो।
आजको वार्ताको निचोडपछि अभियानको संयोजक दुर्गा प्रसाईंसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने जनाइएको छ।

सरकारले निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रुपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संवाद गरिरहेको हो। सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो।
कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा गठित समितिमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य हुनुहुन्छ। उक्त समिति अन्तर्गत राजनीतिक दल र विभिन्न पक्षसँग वार्ता गर्न सञ्चारमन्त्री खरेलको संयोजकत्वमा छुट्टै समिति गठन गरिएको थियो। सोही समितिले आज अभियानका टोलीसँग वार्ता गरेको हो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












