12/09/2025, 15:43:52
मङ्गलबार, मङि्सर २३, २०८२

सुनचाँदीको मूल्यमा घट्बढ


काठमाडौँ, मङ्सिर २३ गते । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेर २ लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार नौ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर ३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको  छ । सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ५८५ रुपैयाँ कायम भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..