सिन्धुपाल्चोक, मङ्सिर १९ — लोभलाग्दा हिमश्रृंखला, ताल अनि लेकाली जंगल । यी मनमोहक दृश्य हो, सिन्धुपाल्चोक र रसुवाको सीमाभेगमा पर्ने तिलमान पासक्षेत्रको । पाँचपोखरी थाङ्पाल गाउँपालिका भोताङका वडाध्यक्ष ङिमाछिरिङ तामाङकाअनुसार यो स्वर्गजस्तै भेग रसुवाको गोसाइँकुण्ड, जिल्लाको जुगल गापा र पाँचपोखरी गापाको सीमाभेगमा पर्छ ।
५ हजार ३ सय ८० उचाइमा रहेको यो पास हिमालय क्षेत्रको पदयात्रामा सर्वाधिक कठिन मानिने साहसिक पास हो । भरिया, पथप्रदर्शक हुँदै आरोही बनेका पुराना पर्वतारोही सोनाम लामाले यहाँको मनमोहक हिमाल र भूगोलका कारण नै पर्यटक तानिने क्रम बढेको जानकारी दिए । ‘अहिले यही रुटबाट गोसाइँकुण्ड र लाङटाङ जाने विदेशी र स्वदेशी पर्यटक घुम्न यस क्षेत्रमा धमाधम आउन थालेका छन्, महिना दिनमा ३० भन्दा बढी ती पर्यटकले हृयोल्मोभूमि हेलम्बु र पाँचपोखरी क्षेत्र पनि भ्रमण गर्छन्,’ उनले भने ।

पाँचपोखरी-लाङटाङ-क्याङ्जेन गुम्बा हुँदै मनमोहक तिलमान पास ट्रेल १० देखि १२ दिनमा पुगिन्छ । यहाँ महिनादिनअघि वडाध्यक्ष तामाङको अगुवाइमा केही विदेशीसहितका ५ जना पर्यटकले चढेर पास छिचोल्दै पार गरेका थिए । टेक्निकल पास मानिने यो राजधानीबाट नजिक रहेको लोभलाग्दो गाङछम्बो हिमालको फेद हुँदै पुगिन्छ । ‘यो भेग सिन्धुको पर्यटकीय सान हो,’ वडाध्यक्ष तामाङले भने ।
यसअघि २०७७ मंसिरमा सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा ६ जनाको आरोही टोली र दुई जना माउन्टेन गाईडले पिक आरोहणसहित यो पास छिचोलेका थिए । यहाँको जुगल, पाँचपोखरी थाङपाल, हेलम्बु, रसुवाको लाङटाङ, भोटेकोसी गापालाई जोड्दै ट्रेकिङमा चर्चित यदि हिमालय ग्रेट ट्रेल ट्रेकिङसँग जोड्न सकिनेछ ।

भूकम्प र पराकम्पनले पुरानो हृयोल्मो सभ्यता र धार्मिक महत्त्व बोकेको हेलम्बुको दुई दर्जन पदमार्ग ध्वस्त बनाउँदा यहाँको पर्यटन पूरै बिथोल्यो । भूकम्पअघि हृयोल्मो जातिको उद्गमस्थल मानिने हेलम्बुको तार्केघ्याङ, गुरु रिन्पोछे गुफा, मेलम्ची घ्याङ, महादेव पाइला, मिलारेपासहित चिरी गुम्बाजस्ता अनेक प्राचीन गुम्बा, तीर्थस्थल घुम्दै वार्षिक ३६ हजार पर्यटक यहाँ आइपुग्थे ।

हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमास्थित आमा हृयोल्मो (आमायांग्री), पाँचपोखरी, डुग रेन्जेन ड्राइगन गुफा, ठूलो ढुंगाको मनोरम दृश्य पदमार्ग प्रयोग गरेर हेर्दै हृयोल्मो होमस्टेमा बस्थ्ये ।
– अनिश तिवारी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










