काठमाडौँ, मङ्सिर १७ : पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले नयाँ राजनीतिक दलहरू मिलेर अगाडि बढ्नुपर्ने बताएकी छन् । पुराना दलहरू फरक-फरक बाटो लागेमा पुराना राजनीतिक दलहरू नै शक्तिमा आउने श्रेष्ठको भनाइ छ ।
उज्यालो नेपाल पार्टीको घोषणा सभालाई बुधबार सम्बोधन गर्दै श्रेष्ठले जेन-जी आन्दोलनपछि आएका राजनीतिक शक्ति एकजुट भएर अगाडि बढ्नुपर्ने बताइन् । आफू जहिले पनि नयाँ शक्तिहरूबीचको एकताका लागि लाग्ने बताइन् । ‘हामी एकता भएर जानुपर्छ । छुट्टाछुट्टै जाने हो भनेको पुराना पार्टीहरूलाई रेड कार्पेट लगाएर जानु हो,’ उनले भनिन्, ‘मन फराकिलो पारेर जानुपर्छ । फरक-फरक जाने होइन ।‘
पुराना पार्टीहरूलाई सत्तामा फर्किनबाट रोक्नका लागि नयाँ शक्तिहरू एकजुट हुनुपर्ने उनको भनाइ थियो । ‘फरक -फरक किन हिँड्ने ? पुरानो पार्टीको संस्कार निषेध गर्नका लागि सबैजना एकै ठाउँमा जानुपर्छ । सबै जनाले सुमना कहाँ छ भनेर सोध्नुभयो, सुमना एकतामा छ । एकता हुनुपर्छ ।‘

अबको राजनीतिक दलको यात्रा विधि, सुशासनको स्थापना तथा भ्रष्टाचार, नातावाद, कृपावाद र वेथितिको अन्त्य भएको सुमनाको भनाइ थियो ।
रास्वापा परित्याग गरेर निस्केकी सुमनाले त्यसयता नयाँ दल गठन गर्नका निम्ती छलफलहरु चलाएकी थिइन् । सुमनाले कुलमान घिसिङसँग मिलेर नयाँ दल खोल्न लागेको चर्चा चलेपनि उनी उज्यालो नेपाल पार्टीको कुनै औपचारिक भूमिकामा देखिएकी छैनिन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















