12/04/2025, 14:49:50
बिहिबार, मङि्सर १८, २०८२

मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा


जनकपुरधाम, मङ्सिर १७ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश सभाबाट राजीनामा दिनुभएको छ ।

बुधबार विश्वासको मतका लागि बोलाइएको मधेश प्रदेश सभाको बैठकबाट विश्वास नपाउने निश्चित भएपछि मुख्यमन्त्री यादवले सभाको बैठकबाटै राजीनामा दिनुभएको हो ।

मुख्यमन्त्री यादव कात्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

– लक्ष्मी चौधरी