12/02/2025, 14:28:38
मङ्गलबार, मङि्सर १६, २०८२

हुलाकी राजमार्ग: इनरुवा–कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो


काठमाडौँ,  मङ्सिर १६ गते । हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ।

सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सूचना निकालेर २२.६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको जानकारी दिएको हो ।

 

२२.६६ किलोमिटर सडक खण्ड निर्माणका लागि जेभीसँग २०७८ माघ २ गते ५२ करोड ७० लाख रुपैयाँमा (करसहित) ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता २०८३ असारसम्म थप गरिएकोमा पटक-पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको कार्यालय इटहरीले जनाएको छ ।

सूचनामा सडक निर्माणका लागि गौरी पार्वती-देव एण्ड सायर-भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता तोडिएको उल्लेख छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..