काठमाडौँ, मङ्सिर १६ गते । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ आज केही घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५३ हजार ३०० कायम भएको छ । आज चाँदीको मोल भने बढेर तोलामा रु. तीन हजार ५४५ निर्धारण भएको छ ।
सोमबार सुनको मूल्य प्रतितोला रु. दुई लाख ५३ हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी रु. तीन हजार ५३५ मा कारोबार भएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













