11/27/2025, 16:18:50
बिहिबार, मङि्सर ११, २०८२

बंगलादेशमा दैनिक ६० मेगावाट विद्युत् निर्यात गर्ने सहमति


काठमाडौं, मङ्सिर ११ गते । आउँदो जेठदेखि नेपालले बंगलादेशमा दैनिक ६० मेगावाट विद्युत् निर्यात गर्ने भएको छ । हाल बंगलादेशले नेपालबाट भारतीय ग्रिडमार्फत ४० मेगावाट विद्युत् आयात गर्दै आएको छ । यसमा २० मेगावाट थप गरी आवश्यक प्रक्रिया पूरा भएपछि नियमित रूपमा ६० मेगावाट पहुँच दिने सहमति भएको छ ।

बिहीबार बंगलादेशको ढाकामा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औं बैठकमा यस्तो सहमति जुटेको हो ।

बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चीरञ्जीवी चटौत र बंगलादेशको ऊर्जा सचिव फर्जना ममताजले टोलीको नेतृत्व गरेका थिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..