11/27/2025, 12:16:10
बिहिबार, मङि्सर ११, २०८२

सुनको मूल्यमा गिरावट


काठमाडौँ, मङ्सिर ११ गते । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ४८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा दुई लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेर ३ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा ३ हजार  २२० रुपैयाँ कायम भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..