02/28/2026, 20:29:45
शनिबार, फागुन १६, २०८२

सुनचाँदीको मूल्यमा वृद्धि


काठमाडौँ, मङ्सिर १० गते । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर दुई लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले बढेर ३ हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा ३ हजार ११५ रुपैयाँ कायम भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..