11/25/2025, 12:57:21
मङ्गलबार, मङि्सर ०९, २०८२

सुनचाँदीको मूल्यमा वृद्धि


काठमाडौँ, मङ्सिर९ गते । स्थानीय बजारमा मंगलबार सुन चाँदीको मूल्य बढेको छ ।

तोलामा २ हजार २०० रुपैयाँ बढेर आज २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार ११५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार २०० रुपैयाँ पुगेको महासंघको भनाइ छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..