५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले १८ जनालाई केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा नियुक्त गरेका छन् । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा सोमबार जारी विज्ञप्तिमा कांग्रेसको विधान बमोजिम उनीहरूलाई नियुक्त गरिएको हो ।
नियुक्त हुनेमा कविराज पण्डित (बाजुरा), डा. जगदीशचन्द्र पोखरेल (तनहुँ), छन्दबहादुर पहराई (गुल्मी), विजुला वर्मा (सिन्धुली), डा. केदारनरसिंह के.सी. (नुवाकोट), रिना उप्रेती के.सी. (सोलुखुम्बु), वीरेन्द्र यादव (धनुषा), डा. कृष्णप्रसाद पौडेल (कास्की) र भरत प्रसाई (झापा) रहेका छन् ।
यस्तै कमल कार्की (भक्तपुर), बलदेव तिमिल्सीना (सिन्धुपाल्चोक), डोलराज भुसाल (स्याङ्जा), श्री प्रताप पौडेल (बाग्लुङ), हजारी नेपाली वादी (जाजरकोट), विश्वदिप लामिछाने (काठमाडौँ), नाहिदा परविन (रौतहट), भवानी पन्त (कञ्चनपुर) र अनार बस्नेत (काठमाडौँ) लाई पनि प्रतिष्ठानको सदस्यमा नियुक्त गरिएको छ ।