11/21/2025, 11:49:30
शुक्रबार, मङि्सर ०५, २०८२

सुनचाँदीको मूल्य घट्यो


काठमाडौँ, मङ्सिर ५ गते । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ४१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा दुई लाख ४३ हजार रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ८५ रुपैयाँले  घटेर प्रतितोला तीन हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा तीन हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..