काठमाडौँ, मङ्सिर ४ गते । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ४३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन तोलामा दुई लाख ४२ हजार तीन सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेर प्रतितोला तीन हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा तीन हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















