01/10/2026, 20:14:39
शनिबार, पुष २६, २०८२

सुनको मूल्यमा २८ सयले वृद्धि


काठमाडौँ, मङ्सिर ३ गते । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार आठ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा दुई लाख ३९ हजार पाँच सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ६० रुपैयाँले  बढेर प्रतितोला तीन हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा तीन हजार ९०  रुपैयाँमा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..