11/18/2025, 12:52:27
मङ्गलबार, मङि्सर ०२, २०८२

सुनको मूल्य ३८ सयले घट्यो


काठमाडौँ, मङ्सिर २ गते । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार आठ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ३९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा २ लाख ४३ हजार तीन सय  रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ६५ रुपैयाँले  घटेर प्रतितोला तीन हजार ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा तीन हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..