11/17/2025, 10:57:57
सोमबार, मङि्सर ०१, २०८२

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर


काठमाडौँ, मङ्सिर १ : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७० पैसा र बिक्रीदर १४२ रुपियाँ ३० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ ६७ पैसा र बिक्रीदर १६५ रुपियाँ ३७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपियाँ ६५ पैसा र बिक्रीदर १८७ रुपियाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपियाँ ४७ पैसा र बिक्रीदर १७९ रुपियाँ २३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९३ रुपियाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ०४ पैसा र बिक्रीदर १०१ रुपियाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ १४ पैसा र बिक्रीदर १०९ रुपियाँ ६० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १७ पैसा र बिक्रीदर नौ रुपियाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ९६ पैसा र बिक्रीदर २० रुपियाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७८ पैसा र बिक्रीदर ३७ रुपियाँ ९४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८८ पैसा र बिक्रीदर ३९ रुपियाँ ०४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३७ पैसा र बिक्रीदर चार रुपियाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५८ पैसा र बिक्रीदर ३८ रुपियाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ २९ पैसा र बिक्रीदर ३४ रुपियाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७८ पैसा र बिक्रीदर नौ रुपियाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ र बिक्रीदर १५ रुपियाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ०५ पैसा र बिक्रीदर २२ रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २३ पैसा र बिक्रीदर १८ रुपियाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ ७४ पैसा र बिक्रीदर ४६३ रुपियाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७७ रुपियाँ ४३ पैसा , ओमनी रियाल एकको खरिददर ३६८ रुपियाँ ०५ पैसा र बिक्रीदर ३६९ रुपियाँ ६१ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..