11/14/2025, 12:24:41
शुक्रबार, कार्तिक २८, २०८२

पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गरिएको निर्णय बदर : उपसभामुख ईशर


जनकपुरधाम, कात्तिक २८ गते ।मधेश प्रदेशका उपसभामुख बबिता कुमारी राउत ईशरले मधेशका पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरिएको निर्णय बदर गर्नुभएको छ  ।

बिहीबार सभामुख रामचन्द्र मण्डलेले जसपा नेपालका चार र जनमत पार्टीका एक सांसदलाई लगातार १० वटा बैठकमा उपस्थित नभएको भन्दै सांसद पदबाट हटाउने निर्णय गर्नुभएको थियो ।

उता उपसभामुख ईशरद्वारा विज्ञप्तिमा सभामुखले गर्नुभएको उक्त कारबाही प्रतिशोधपूर्ण रहेको उल्लेख छ । साथै कारबाहीमा परेका पाँच सांसद कात्तिक २२  गतेको बैठकमा उपस्थित रहेको प्रष्ट पार्नुभएको छ ।

उपसभामुख ईशरद्वारा जारी विज्ञप्तिमा ‘‘मधेश प्रदेशसभा सचिवालयको मिति २०८२/७/२७ गते पाँच जना प्रदेश सभा सदस्यहरुको पदरिक्तसम्बन्धी सूचना सभामुखले आफुमाथि यही कात्तिक २७ गते बिहिबार प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५को नियम १८० को उपनियम २(क) बमोजिम सभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव उपसभामुख समक्ष पेश गरिनुपर्ने व्यवस्था भएबमोजिम प्रस्ताव पेश भइसकेको र सो को उपनियम ३ बमोजिम छलफलको लागि मिति समय तय हुन बाँकी रहेको अवस्थामा प्रस्तावको प्रतिशोध स्वरुप आवेगमा गरेको निर्णय हो ।’’ भनिएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..