काठमाडौँ, कात्तिक २७ गते । लोकगायक अर्जुन सापकोटाले नयाँ गीत झलिको सार्वजनिक गर्नुभएको छ । झलिको एक प्रेम गीत हो, जसका शब्दहरूले माया र प्रेम जोडीका भावनाहरूलाई व्यक्त गर्दछन् । यस गीतको गायनमा सापकोटाको साथसाथै मेलिना राई र समीक्षा अधिकारीको स्वर रहेको छ ।
गीतमा सन्तोष सापकोटाको शब्द रचना छ भने सङ्गीत अर्जुन सापकोटा स्वयंको हो। कृष्ण रेउलेको थेगो रहेको गीतको सङ्गीत संयोजन एचबिएन किस्मतले गर्नुभएको हो ।
गीतको भिडिओमा परदेश गएको प्रेमी र गाउँमा रहेकी प्रेमिकाको कथालाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ। गीतको भिडियाेमा अर्जुन सापकोटा र कुसुम भण्डारीको अभिनय तथा नृत्य रहेको छ। साथमा शिवु पाण्डे, राजेन्द्र अर्याल, सन्तोष सापकोटा लगायतको पनि अभिनय देख्न सकिन्छ।
भिडियाेको कथा दीपा सिंखडा र विशाल घिमिरेले तयार पारेका हुन् भने निर्देशन विशालले गर्नुभएको छ । गायक अर्जुन सापकोटाले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत यो गीत सार्वजनिक गर्नुभएको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
