तुलसीपुर, कात्तिक २७ : नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले निर्भयपूर्ण वातावर भए नेकपा एमाले निर्वाचनमा जाने बताउनुभएको छ । उहाँले आसन्न निर्वाचनलाई राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक अवसर बताउँदै निष्पक्ष, निर्भय र स्वच्छ वातावरणमा निर्वाचन हुनुपर्ने बताउनुभयो ।
प्रेस चौतारी नेपाल दाङ शाखाद्वारा तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै ज्ञवालीले भन्नुभयो, ‘‘निर्वाचन लोकतन्त्रको आत्मा हो, त्यसैले यो कुनै नाटक मञ्चन होइन । जनताले भयमुक्त वातावरणमा मत दिन पाउनुपर्छ ।”
उहाँले हालको सरकार संविधानले अस्वीकार गर्ने किसिमले बनेको दाबी गर्दै उहाँले “संविधानले प्रम बन्न नपाउने पात्र आज प्रधानमन्त्री बनेका छन्, यसले लोकतन्त्रलाई घाइते बनाएको छ ।”
ज्ञवालीका अनुसार, भदौ २३ र २४ का घटनालाई बहाना बनाएर सरकारले विपक्षी शक्तिलाई दमन गर्न खोजेको छ । उहाँले प्रहरी चौकीबाट लुटिएका आधुनिक हतियार र बाहिर रहेका अपराधीहरूका कारण समाज भयग्रस्त बनेको बताउनुभयो ।
उहाँले भन्नुभयो “दल र उम्मेदवार निर्भय भएर बुथसम्म जान पाउनुपर्छ, अन्यथा निर्वाचन नाटक मात्रै हुन्छ ।” उनले एमालेलाई लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी बताउँदै फागुन २१ गते तोकिएको निर्वाचनमा पार्टी पूर्ण तयारीसहित जाने बताउनुभयो ।
कार्यक्रम प्रेस चौतारी दाङ शाखाका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षता र तुलसीपुर नगर अध्यक्ष वसन्त परियारको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
– गोकर्ण पौडल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













