11/07/2025, 15:38:56
शुक्रबार, कार्तिक २२, २०८२

संघीय र सातवटै प्रदेश संसद्का पदाधिकारीबीचको संयुक्त छलफल जारी


काठमाडौँ । संघीय र प्रदेश संसद्का पदाधिकारीहरूको संयुक्त बैठक बसिरहेको छ ।

सिंहदरवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कक्षमा जारी बैठकमा प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र सातवटै प्रदेशका सभामुख, उपसभामुख उपस्थित छन् ।

जेन जेड आन्दोलनपछिको विकसित घटनाक्रम, संसद् विघटन भएको अवस्थामा सभामुख उपसभामुखको भूमिका, प्रदेश सभाका कामकारवाही र आगामी योजनाबारे छलफल हुने बताइएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..