काठमाडौँ, कात्तिक २१ : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ४९ पैसा र बिक्रीदर १४२ रुपियाँ ०९ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपियाँ ९३ पैसा र बिक्रीदर १६३ रुपियाँ ६२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ १७ पैसा र बिक्रीदर १८५ रुपियाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७४ रुपियाँ ९१ पैसा र बिक्रीदर १७५ रुपियाँ ६५ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ १० पैसा र बिक्रीदर ९२ रुपियाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ३६ पैसा र बिक्रीदर १०० रुपियाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ४० पैसा र बिक्रीदर १०८ रुपियाँ ८६ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २० पैसा र बिक्रीदर नौ रुपियाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८७ पैसा र बिक्रीदर १९ रुपियाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७३ पैसा र बिक्रीदर ३७ रुपियाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८२ पैसा र बिक्रीदर ३८ रुपियाँ ९९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३७ पैसा र बिक्रीदर चार रुपियाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५२ पैसा र बिक्रीदर ३८ रुपियाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ८३ पैसा र बिक्रीदर ३३ रुपियाँ ९७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७८ पैसा र बिक्रीदर नौ रुपियाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ८२ पैसा र बिक्रीदर १४ रुपियाँ ८९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ८२ पैसा र बिक्रीदर २१ रुपियाँ ९१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २० पैसा र बिक्रीदर १८ रुपियाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपियाँ ६४ पैसा र बिक्रीदर ४६२ रुपियाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ३१ पैसा र बिक्रीदर ३७६ रुपियाँ ९० पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ४९ पैसा र बिक्रीदर ३६९ रुपियाँ ०५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






