10/28/2025, 17:05:04
मङ्गलबार, कार्तिक १२, २०८२

एमाले पार्टी कार्यालय भवन मर्मत सुरु


काठमाडौं । जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते जलाइएको नेकपा एमालेको केन्द्रीय कार्यालय मर्मतको काम थालिएको छ ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय निर्माणको कामलाई तीव्रता दिइएको हो । अहिले आगलागीबाट क्षति भएको भवनको छानो तथा पर्खालहरू मर्मतका साथै रंगरोगनका काम भइरहेको छ ।

पार्टी कार्यालयको भवन छिटोभन्दा छिटो मर्मत गरी कार्यालयबाट नियमित काम सञ्चालन गरिने बताइएको छ । कार्यालयको भवन नहुँदा अहिले कार्यालय परिसरमा पाल टाँगेर नियमित काम सञ्चालन भइरहेको छ ।

आन्दोलनको क्रममा अराजक समूहले दलका कार्यालयमा आगजनी र तोडफोड गर्नुका साथै सामानहरू लुटेर लगेका थिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..