काठमाडौँ, पुस १५ गते । जेन–जी आन्दोलनको एक नारा थियो– नेपो किड्सको विरोध । शक्ति र सत्तामा हुँदा परिवारले पाउने सहज उपस्थिति । अहिले जेन–जी आन्दोलनका अगुवाले साथ दिएको रास्वपाको समानुपातिक सूचीमा भने नेपो किड्सको बिगबिगी देखिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकाल समानुपातिक सूचीमा छन् । उनी खस आर्यतर्फ सहमहामन्त्री विपिनकुमार आचार्यपछि दाेस्राे नम्बरमा परेका छन् । चन्द्र ढकाल उद्याेग वाणिज्य महासंघकाे अध्यक्ष हुन् । कुनै राजनीतिक पृष्ठभूमि नभएका ढकाल सिधै दाेस्राे नम्बरमा कसरी परे ? रास्वपा नेताहरूले प्रश्न उठाएका छन् ।
पूर्वराजदूत भीमकृष्ण उदासकी छोरी सुम्निता उदास पनि समानुपातिक सूचीमा छन् । उनी आदिवासी जनजाति महिलातर्फकाे तेस्राे नम्बरमा छिन् ।
यस्तै, यसअघि रास्वपाबाट समानुपातिक सांसद भइसकेका असीम शाहका दाजु आसिफ शाह पनि समानुपातिक सूचीमा मुस्लिम काेटाकाे एक नम्बरमा समावेश छन् । रवि र बालेनकाे पटकपटककाे छलफल शाहकै घरमा भएकाे थियाे । ‘पार्टीका नेताहरूले उहाँहरूकै घरमा बैठक राख्याे । फाइभ स्टारभन्दा महँगाे पर्यो नि बैठक त,’ रास्वपा स्राेतले भन्याे, ‘पहिले भाइ समानुपातिकबाट सांसद बने । अहिले दाइलाइ कन्फर्म गराए ।’
समानुपातिक सूचीमा उपसभापति कुलमान घिसिङका भाञ्जा पनि परेका छन् । आदिवासी जनजातिकाे एक नम्बरमै उनकाे नाम देखिन्छ । डा. राम लामा र घिसिङ सम्बन्धले मामा भाञ्जा रहेकाे रास्वपा स्राेतकाे भनाइ छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











