जनकपुरधाम, असोज २९ : मधेश प्रदेशमा नयाँ सरकार गठनको दौडमा निर्णायक मानिएको जनमत पार्टीले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का नेता जितेन्द्रप्रसाद सोनार (सोनल)लाई आधिकारिक रुपमा समर्थन गरेको छ ।
प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गर्नुभएको पत्रअनुसार जनमत पार्टीको संसदीय दलले २०८२ साल असोज बुधबार दिउँसो पत्रमार्फत् सोनारलाई मुख्यमन्त्री पदका लागि समर्थन जनाएको हो।

उक्त पत्र प्रदेश प्रमुख कार्यालयमा दर्ता भएसँगै जनमत पार्टीको समर्थन स्पष्ट रूपमा लोसपा नेतृत्वको पाँचदलीय गठबन्धनतर्फ गएको पुष्टि भएको छ । यसअघि जनमत पार्टीले नेपाली कांग्रेस र लोसपा दुवै पक्षसँग वार्ता गर्दै आएको थियो।
जनमतको यो निर्णयसँगै लोसपा, जसपा, माओवादी केन्द्र, नेकपा (एस) र जनमत मिलेर बनाएको गठबन्धनले ५४ सांसदको समर्थन प्राप्त गरेको छ ।
– लक्ष्मी चौधरी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










