भेनेजुएलाकी मारिया कोरिना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ ।
‘भेनेजुएलाका जनताका लागि लोकतान्त्रिक अधिकारको निरन्तर संरक्षण र अधिनायकवादबाट शान्तिपूर्ण रूपमा लोकतन्त्रतर्फको संक्रमणका लागि गरेको संघर्ष’का कारण माचाडोलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार समितिका अध्यक्ष जोर्गेन वाट्ने फ्रिडनेसले भने, ‘यो पुरस्कार त्यही महिलालाई हो, जसले अँध्यारो बढ्दै गए पनि लोकतन्त्रको दियो निभ्न दिनुभएन ।’
पत्रकारहरूले अध्यक्ष फ्रिडनेसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्बन्धी प्रश्न सोध्दा उनले भने, ‘नोबेल शान्ति पुरस्कारको लामो इतिहासमा हामीले हरेक वर्ष हजारौँ पत्रहरू प्राप्त गर्छौं, जसमा मानिसहरूले आफ्नो दृष्टिमा शान्तिका लागि योग्य उम्मेदवार सुझाउँछन् ।’
यस वर्षको नोबेल शान्ति पुरस्कार अमेरिकी राष्ट्रपति ट्रम्पले पाउनसक्ने अनुमान धेरैले गरेका थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



















