काठमाडौँ, ९ असोज : एमालेले भदौ २४ गतेको प्रदर्शनका क्रममा देशभर ६४ पार्टी कार्यालय, नेता तथा कार्यकर्ताको १५८ घर र व्यवसायमा क्षति पुगेको जनाएको छ । एमालेले देशभरबाट संकलन गरी यस्तो विवरण सार्वजनिक गरेको हो।
‘प्रारम्भिक विवरणअनुसार पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको पाइएको छ। त्यस्तै, पार्टीका नेता र कार्यकर्ताका १५८ भन्दा बढी घर तथा व्यवसायमा क्षति पुगेको रिपोर्ट प्राप्त भएको छ,’ एमाले महासचिव शंकर पोखरेलले जानकारी दिँदै लेखेका छन्, ‘अधिकांश कार्यालयको सरसफाइ र मर्मत–सम्भारको काम सुरु भइसकेको छ । पार्टी कार्यालयहरू तथा पार्टीका नेता–कार्यकर्ताको निजी घर र व्यवसायमा भएको क्षतिसम्बन्धी प्राप्त प्रारम्भिक विवरणको समीक्षा गर्यो ।’
प्रदर्शनकारीले एमाले केन्द्रीय कार्यालय च्यासल, बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको घर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिब शंकर पोखरेल लगायत नेता तथा कार्यकर्ताको घर आगननी र तोडफोड गरेका थिए ।
आन्दोलनका नाममा भएको रहस्यमय आगजनी र तोडफोडवाट भएको क्षतिको सरसफाई र मर्मतको काममा पार्टी कार्यकर्ताहरु स्वयमसेवी भावनाका साथ परिचालित भइरहेको एमालेले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














