काठमाडौँ, असोज ८ : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७२ पैसा र बिक्रीदर १४२ रुपियाँ ३२ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६७ रुपियाँ १४ पैसा र बिक्रीदर १६७ रुपियाँ ८५ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपियाँ ५० पैसा र बिक्रीदर १९२ रुपियाँ ३१ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपियाँ ८२ पैसा र बिक्रीदर १७९ रुपियाँ ५७ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपियाँ ६६ पैसा र बिक्रीदर ९४ रुपियाँ ०५ पैसा , क्यानेडियन डलर एकको खरिददर १०२ रुपियाँ ४९ पैसा र बिक्रीदर १०२ रुपियाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपियाँ ४३ पैसा र बिक्रीदर ११० रुपियाँ ९० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५९ पैसा र बिक्रीदर नौ रुपियाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ९३ पैसा र बिक्रीदर २० रुपियाँ ०१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७८ पैसा र बिक्रीदर ३७ रुपियाँ ९४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८८ पैसा र बिक्रीदर ३९ रुपियाँ ०५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ४५ पैसा र बिक्रीदर चार रुपियाँ ४७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५८ पैसा र बिक्रीदर ३८ रुपियाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ७५ पैसा र बिक्रीदर ३३ रुपियाँ ९० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १६ पैसा र बिक्रीदर १० रुपियाँ २१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ २२ पैसा र बिक्रीदर १५ रुपियाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ३९ पैसा र बिक्रीदर २२ रुपियाँ ४९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २३ पैसा र बिक्रीदर १८ रुपियाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपियाँ ११ पैसा र बिक्रीदर ४६७ रुपियाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ८७ पैसा र बिक्रीदर ३७७ रुपियाँ ४६ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपियाँ ०८ पैसा र विक्रीदर ३६९ रुपियाँ ६३ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।