09/21/2025, 12:03:31
आइतबार, असोज ०५, २०८२

आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ, असोज ५ : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ६५ पैसा र बिक्रीदर १४१ रुपियाँ २५ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६५ रुपियाँ ३४ पैसा र बिक्रीदर १६६ रुपियाँ ०५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपियाँ ७९ पैसा र बिक्रीदर १९० रुपियाँ ६० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ ८१ पैसा र बिक्रीदर १७७ रुपियाँ ५६ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ८६ पैसा र बिक्रीदर ९३ रुपियाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ८७ पैसा र बिक्रीदर १०२ रुपियाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ५१ पैसा र बिक्रीदर १०९ रुपियाँ ९८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५० पैसा र बिक्रीदर नौ रुपियाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ७७ पैसा र बिक्रीदर १९ रुपियाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ५० पैसा र बिक्रीदर ३७ रुपियाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ५९ पैसा र बिक्रीदर ३८ रुपियाँ ७५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ४१ पैसा र बिक्रीदर चार रुपियाँ ४३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ २९ पैसा र बिक्रीदर ३८ रुपियाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ४३ पैसा र बिक्रीदर ३३ रुपियाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०७ पैसा र बिक्रीदर १० रुपियाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९७ पैसा र बिक्रीदर १५ रुपियाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ १५ पैसा र बिक्रीदर २२ रुपियाँ २५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ०९ पैसा र बिक्रीदर १८ रुपियाँ १७ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपियाँ ५१ पैसा र बिक्रीदर ४६२ रुपियाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपियाँ र बिक्रीदर ३७४ रुपियाँ ५९ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपियाँ ३० पैसा र बिक्रीदर ३६६ रुपियाँ ८५ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..