09/17/2025, 11:02:37
बुधबार, असोज ०१, २०८२

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते


काठमाडौँ, असोज १ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । बोर्डले उक्त परीक्षा यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो ।

तर जेन-जी समूहको प्रदर्शनका कारण मुलुक अप्ठ्यारो परिस्थितिमा पुगेपछि बोर्डले परीक्षा स्थगित गरेको थियो । बोर्डले मङ्गलबार सूचना जारी गरेर असोज ७ र ८ गते सञ्चालन गर्ने निर्णय गरेको हो ।