10/30/2025, 10:26:01
बिहिबार, कार्तिक १४, २०८२

प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति , शपथग्रहण आजै


काठमाडौं, भदौ २७ : राजनीतिक सहमति जुटेसँगै प्रधानमन्त्री पदमा सुशीला कार्कीको नियुक्ति तथा शपथग्रहण आजै हुने भएको छ । उहाँको शपथ आज ९ बजे हुने भएको छ । राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले सो जानकारी दिनुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्ति गर्नुका साथै आजै शपथ ग्रहणको कार्यक्रम राखिएको छ । नेपाली राजनीतिक इतिहासमा कार्की पहिलो महिला प्रधानमन्त्री हुनुहुन्छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..