09/08/2025, 13:33:14
सोमबार, भदौ २३, २०८२

लेखनाथ उद्योग वाणिज्य संघमा पहिलो पटक महिला नेतृत्व निर्वाचित


कास्की, भदौ २३ गते । पोखरा महानगरपालिका भित्र पर्ने (साविक लेखनाथ नगरपालिका) मा रहेको लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएर जानुका पराजुली अधिकारीले इतिहास रच्नुभएको छ । २०५४ मा स्थापना भएको संघमा पहिलो पटक महिला अध्यक्षमा निर्वाचित हुनुभएको हो । सोमबार बिहान सकिएको मतगणना अनुसार नौ सय ९६ मत ल्याएर जानुका पराजुली अध्यक्षमा निर्वाचित हुुँदा उहाँका प्रतिष्पर्धी राजेन्द्र ओझाले ८ सय ३३ मत प्राप्त गर्नुभयो ।

जानुका निर्वतमान समितिको महासचिव र ओझा वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । प्यालन बनाएर चुनावी मैदानमा दुबै जना होमिएकोमा अन्य पदमा पनि जानुका प्यानलका उम्मेदवार विजयी हुनुभएको छ । संघको वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोलाले नौ सय ६६ मत पाएर विजयी हुँदा राजेन्द्रका प्यालनका उपेन्द्रराज सुवेदी राजुले ८ सय ५३ मत, पाउनुभयो । प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्यले एक हजार एक सय ५० मत पाएर विजयी निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । उहाँका प्रतिष्पर्धी मेनुका श्रेष्ठले ६ सय ७४ मत पाउनुभयो ।

संघको द्वितीय उपाध्यक्षमा पनि जानुका प्यानलका ध्रुवबाबु भट्टराईल भट्टराईले एक हजार दुई सय १८ मत पाउँदा उहाँका प्रतिष्पर्धी धीरजकुमार श्रेष्ठले ६ सय ३ मत ल्याएर परासजत हुनुभयो । संघको महासचिव पदमा भरतराज ओझाले नौ सय ५५ मत पाएर विजयी बन्दा जीवन तिवारीले ८ सय ७६ मत प्राप्त गर्नुभयो । उनीहरुको बिचमा ७९ मतको मात्र अन्तर परेको थियो ।

संघको उपमहसचिव पदमा गंगाकुमारी मल्लले एक हजार ६६ मत पाएर निर्वाचित हुँदा प्रतिपष्र्धी लक्ष्मीप्रसाद ढुंगानाले सात सय ६६ मत ल्याउनुभयो । संघको कोषाध्यक्षमा हरी बस्ताकोटी एक हजार २७ मत पाएर निर्वाचित हुँदा टीकाराम सापकोटाले सात सय ७८ मत पाउनुभयो । संघको कार्यसमितिको एसोसिएट सदस्यमा दयाराज भण्डारी २७ मत पाएर विजयी बन्दा प्रवेश बन्जराले २१ मत प्राप्त गर्नुभयो । कार्यसमितिको संस्थागत सदस्यमा वीरभद्र कँडेल निर्विरोध निर्वाचित हुनुभएको थियो ।

निर्वाचित कार्यसमितिको खुला सदस्यमा जानुका प्यानलका उम्मेदवार विजयी भएका छन् । सदस्यमा सुजन न्यौपानेले १ हजार ७२ मत, प्रतिक्षा रानाभाटले एक हजार ४० मत, भविन्द्र पुन (भविन) एक हजार ३६, वीरेन्द्रराज भुर्तेलले नौ सय ७७ मत पाएर विजयी भएका छन् । सदस्यमा दीपक अधिकारीले नौ सय ६०, प्रभाकुमारी पौडेल लामिछानेले नौ सय ४४, कृष्णप्रसाद तिमिल्सिना र सन्दीप बुढाथोकी दुबैले ८ सय ८३ मत प्राप्त गरेर विजयी बनेका छन् । कार्यसमितिको दुई जना महिला सदस्यहरुमा पनि जानुका प्यानलकी शर्मिला श्रेष्ठले एक हजार एक सय ८४ मत एवम् गंगा सापकोटा परियारले नौ सय १० मत पाएर विजयी हुनुभएको छ ।

– माधवप्रसाद बराल