09/06/2025, 12:51:03
शनिबार, भदौ २१, २०८२

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै


काठमाडौँ, भदौ २१ : नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।

बैठक आइतबार बिहान ९ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थितिका लागि निर्देशन दिइएकै छ ।