09/04/2025, 12:51:28
बिहिबार, भदौ १९, २०८२

गायक आनन्द कार्कीको ‘जाली रुमाल फूलबुट्टे’ म्युजिक भिडियो सार्वजनिक


काठमाडौँ, भदौ १९ गते । गायक आनन्द कार्की र ममता गुरुङको युगल स्वरमा ‘जाली रुमाल फूलबुट्टे’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । हाइटेक इन्टरटेनमेन्टले निर्माण गरेको गीतमा सुषमा सिग्देलको शब्द रचना र अनिल शाहीको सङ्गीत रहेको छ ।

आनन्द कार्की, ममता गुरुङ र सरोज प्रजाको अभिनय रहेको गीतको भिडियोमा सागर बस्नेतको सिनेमाटोग्राफी, प्रमोद के भण्डारीको कोरियोग्राफी र विकास दाहालको सम्पादन रहेको छ ।

युवराज वाइबा निर्देशित गीतको भिडियोलाई ‘हाइटेक इन्टरटेनटमेन्ट’ को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।