काठमाडौँ, भदौ १८ : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १४० रुपियाँ ७६ पैसा र बिक्रीदर १४१ रुपियाँ ३६ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १६३ रुपियाँ ७२ पैसा र बिक्रीदर १६४ रुपियाँ ४२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपियाँ ३३ पैसा र बिक्रीदर १८९ रुपियाँ १३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७४ रुपियाँ ८५ पैसा र बिक्रीदर १७५ रुपियाँ ५९ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ५७ पैसा र बिक्रीदर ९१ रुपियाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिदर १०२ रुपियाँ ०५ पैसा र बिक्रीदर १०२ रुपियाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ २२ पैसा र बिक्रीदर १०९ रुपियाँ ६८ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रुपियाँ ४७ पैसा र बिक्रीदर नौ रुपियाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ७० पैसा र बिक्रीदर १९ रुपियाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ५१ पैसा र बिक्रीदर ३७ रुपियाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ६२ पैसा र बिक्रीदर ३८ रुपियाँ ७८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३४ पैसा र बिक्रीदर चार रुपियाँ ३६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ३२ पैसा र बिक्रीदर ३८ रुपियाँ ४९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ २८ पैसा र बिक्रीदर ३३ रुपियाँ ४२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ ०८ पैसा र बिक्रीदर १० रुपियाँ १३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ८९ पैसा र बिक्रीदर १४ रुपियाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९४ पैसा र बिक्रीदर २२ रुपियाँ ०३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपियाँ ०३ पैसा र बिक्रीदर १८ रुपियाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपियाँ ०८ पैसा र बिक्रीदर ४६२ रुपियाँ ०४ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपियाँ ३७ पैसा र बिक्रीदर ३७४ रुपियाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपियाँ ६२ पैसा र बिक्रीदर ३६७ रुपियाँ १८ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।