09/02/2025, 12:33:47
मङ्गलबार, भदौ १७, २०८२

जनसम्पर्क विस्तारमा जुट्न माओवादी अध्यक्ष प्रचण्डको निर्देशन


काठमाडौँ, भदौ १७ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्गठन निर्माणका लागि आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न निर्देशन दिनुभएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिनुभएको हो ।

अध्यक्ष प्रचण्डले पार्टीले पछिल्लो समय जनतामाझ विश्वास हासिल गरिरहेको र त्यसलाई सङ्गठनमा रूपान्तरण गर्न नसके दीर्घकालीन उपलब्धि सम्भव नहुने बताउनुभयो । उहाँले पार्टीभित्र आत्मसमीक्षा र आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउँदै सबैले विगतका कमजोरीको गम्भीर समीक्षाको आवश्यकता औँल्याउनुभयो । अध्यक्ष प्रचण्डले पार्टी सरकारमा रहँदा हासिल गरिएका उपलब्धिहरू, त्यसपछिको खबरदारी अभियान तथा जनसङ्गठनहरूले सञ्चालन गरेका कारण माओवादीप्रति जनविश्वास पुनः बढेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले सरकारमा हुँदा गरेका काम र अहिले सडकबाट उठाएका आवाजकै कारण जनभावना सकारात्मक बनेको छ । अब त्यसलाई सशक्त सङ्गठनमार्फत संस्थागत गर्नु जरुरी छ ।