11/15/2025, 01:18:34
शुक्रबार, कार्तिक २८, २०८२
इङ्लिस प्रिमियर लिग फुटबल

आर्सनलको इङ्लिस प्रिमियर लिग फुटबलमा दोस्रो जित


काठमाडौँ, भदौ ८ : आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ५–० गोलले हरायो । एकपक्षीय खेलमा आर्सनललाई जिताउन जुरियन टिम्बर र भिक्टर ग्योकेरेसले दुई दुई गोल गर्नुभयो । अर्को गोल बुकायो साकाले थप्नुभएको थियो ।

लगातार दोस्रो जितसँगै ६ अङ्क बनाएको आर्सनल शीर्षस्थानमा उक्लिएको छ । लिड्सको समान खेलबाट तीन अङ्क छ ।