काठमाडौँ, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै यो प्रणाली ज्यान सरह प्रिय भएको बताउनुभएको छ।
अङ्ग्रेजी साहित्यको प्रसिद्ध कथा ‘सोलोमनको न्याय’ सांसदलाई सुनाउँदै प्रधानमन्त्री ओलीले ज्यान सरहको प्रणालीको रक्षाका लागि कष्ट सहन तत्पर रहेको बताउनुभएको हो।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘लोकतन्त्रका लागि लड्ने र जेलनेल सहितको यातना भोग्ने हामी यहीँ छौं। हामीलाई यो प्रणाली ज्यान सरह प्रिय छ। यसको जीवनको लागि हामी कस्तै कष्ट सहन पनि तत्पर छौं।’’
त्यसअघि प्रधानमन्त्रीले सोलोमनको कथा सुनाउँदै भन्नुभयो, ‘‘दुई महिलाले एउटै बच्चालाई आफ्नो छोरो भएको दाबी गर्छन्। दाबी–प्रतिदाबीबाट हैरान सोलोमनले सबैलाई अचम्मित पार्ने फैसला सुनाउँछन्- यो बच्चालाई ठाडो चिरेर दुवै महिलालाई आधा–आधा दिनू ! तीमध्ये एउटी महिला आधा भए पनि ठीकै छ भन्छिन्, तर अर्की आत्तिँदै र रुँदै भन्छिन्, ‘भो ! मलाई चाहिएन। बच्चा उसैलाई देऊ, तर मर्न नदेऊ !’ त्यसपछि न्यायमूर्ति सोलोमनले तिनै महिला साँचो आमा भएको थाहा पाउँछन् र बच्चा उसैलाई दिन्छन्।’’
उहाँले लोकतन्त्रको हुर्मत लिने अभिष्ट भएकाबाट यो प्रणाली जोगाउनुपर्नेमा जोड दिनुभएको छ। ‘‘कति लोकतन्त्र मन नपर्ने पनि यहीँ हुन सक्छौं। कति लोकतन्त्रको संबद्र्धनका लागि हैन, त्यसको उपभोग गर्ने- त्यसको हुर्मत लिने अभिष्ट भएका पनि हुनसक्छौं। तिनीहरुबाट यो प्रणाली जोगाऔं’’, प्रधानमन्त्री ओलीले भन्नुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













