अभिनेता मिथुन चक्रवर्तीलाई भारत सरकारले यसवर्षको दादासाहेब फाल्क अवार्ड दिने भएको छ। केन्द्रीय मन्त्री अश्विनी वैष्णवले सोमबार अवार्डबारे औपचारिक घोषणा गरे। मिथुनलाई अक्टोबर ८ मा हुने ७०औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा अवार्डसहित सम्मान गरिनेछ।
मिथुनले सन् १९७६ मा ‘मृगया’ बाट आफ्नो फिल्मी करियर सुरु गरेका थिए। उनले पहिलो फिल्ममा नै राष्ट्रिय पुरस्कार जितेका थिए। उनले सन् १९८२ मा डिस्को डान्सरबाट प्रसिद्धि पाएका थिए।
वैष्णवले अवार्डको घोषणासहित एक्समा लेखेका छन्, ‘मिथुन दाको उल्लेखनीय चलचित्र यात्राले धेरै पुस्ताहरूलाई प्रेरित गर्छ। दादासाहेब फाल्के छनोट निर्णायक मण्डलले भारतीय सिनेमामा उनको प्रतिष्ठित योगदानको लागि यो वर्ष प्रसिद्ध अभिनेता मिथुन चक्रवर्तीलाई यो पुरस्कार दिने निर्णय गरेको घोषणा गर्न पाउँदा हामी गर्व गर्दछौँ।’
त्यसैगरि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मिथुनलाई बधाई दिएका छन्। ‘भारतीय सिनेमामा अनुपम योगदानका लागि मिथुन चक्रवर्तीलाई दादासाहेब अवार्डबाट सम्मानित गर्न पाउँदा खुसी लागेको छ,’मोदीले लेखेका छन्।
मिथुनले आफूले यति ठूलो सम्मानको कल्पना पनि नगरेको बताएका छन्। उनले लेखेका छन्, ‘साँचो भन्नुपर्दा मसँग कुनै भाषा छैन। न म हाँस्न सक्छु, न म खुशीले रुन सक्छु। यो यति ठूलो कुरा हो। म कहाँबाट आएको केटाले यति ठूलो सम्मान पाएको कल्पना पनि गर्न सक्दिन। म यो मेरो परिवार र विश्वभरका फ्यानहरूलाई समर्पित गर्दछु।’
‘मृगया’ अभिनय करिअर सुरु गरेका मिथुनले यस फिल्मका लागि मिथुन सर्वोत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड पाएका थिए। मिथुन पहिलो फिल्मका लागि उत्कृष्ट अभिनेताको राष्ट्रिय पुरस्कार प्राप्त गर्ने एक मात्र अभिनेता हुन्। यस बाहेक उनले सन् १९९३ को फिल्म ‘तहदर कथा’ र १९९६ को फिल्म स्वामी विवेकानन्दका लागि राष्ट्रिय पुरस्कार पनि जितेका थिए।
मिथुनले सन् १९८२ मा फिल्म डिस्को डान्सरको उपाधि पाए। १०० करोड कमाउने यो पहिलो हिन्दी चलचित्र हो। मिथुन नन डान्सर थिए। तर, जब उनले फिल्मको आवश्यकता अनुसार डान्स गरे तब उनको स्टेप देशैभर चर्चित भयो। करिब ४ दशक लामो अभिनय करिअरमा मिथुनले बंगाली, हिन्दी, तमिल, तेलुगु, कन्नड, उडिया र भोजपुरी जस्ता थुप्रै भाषाका ३५० भन्दा बढी फिल्ममा काम गरेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






