मङ्गलबार, पुष ०९, २०८१

सहकारी ठगी प्रकरण आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीको बयान सकियो


१३ असोज, पोखरा । सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको उपस्थितिमा कास्की प्रहरीले उनीसँग बयान लिएको हो ।

अहिलेका लागि बयान सकिएको छ । यही बयानका आधारमा अदालतमा पेस गर्छौं, आवश्यक पर्‍यो भने फेरि पनि थप बयान लिन सकिन्छ।’ कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले भने ।

पूर्वडीआइजी जोशीलाई सुरुमा ५ दिनको म्याद दिइएको थियो । बयान र अनुसन्धान नसकिएको भन्दै थप ७ दिन म्याद थपिएकोमा बयान पूरा भएको थापाले बताए । उनलाई असोज ६ गते काठमाडौँबाट पक्राउ गरेर जहाज मार्फत पोखरा ल्याइएको थियो ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading