१० असोज, काठमाडौँ । दिवाकर भट्टराईको निर्देशन रहने फिल्म ‘नरसिंहाः अवतार’ को शुभ मुहूर्त गरिएको छ । बिहीबार काठमाडौँको एनएफडिसि स्टुडियो बालाजुमा फिल्मको मुहूर्त गरिएको हो । शुभ मुहूर्तमा फिल्मका मुख्य कलाकारहरू राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई र अर्जुन श्रेष्ठ र प्राविधिकको उपस्थिति थियो । एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो फिल्मको शुभ मुहूर्तमा चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले क्ल्याप हानेका थिए । निर्माता तथा वितरक छविराज ओझाले नरिवल फुटाएको कार्यक्रममा वितरक करण श्रेष्ठले मुहूर्त सटको निर्देशन गरेका थिए । यसै फिल्मबाट अभिनेता राजेश ८ वर्षपछि फिल्ममा कमब्याक गर्दैछन् ।
निर्देशक भट्टराईले फिल्म आफ्नो लागि निकै च्यालेन्जिङ रहेको बताए । ‘राजेश दाइले धेरै स्क्रिप्टहरू नगरेर मेरो स्क्रिप्ट गर्नु नै मेरो लागि च्यालेन्ज हो’, उनले थपे– ‘राजेश दाइलाई फिल्मको लागि मनाउन ३ महिना लागेको थियो ।’
![]()
निर्माता महर्जनका अनुसार यो फिल्म फरक तरिकाले निर्माण हुने भएकोले आफू यो फिल्मको निर्माणमा जोडिएको बताए । अभिनेता हमालले फिल्मको स्टोरी आफूले अहिलेसम्म अभिनय गरेको भन्दा फरक रहेकोले अभिनय गर्न लागेको बताए । फिल्मकी अभिनेत्री नीति शाहले आफूलाई निकै च्यालेन्ज भएको र यो फिल्ममा राजेश हमाल भएको कारण पनि आफू यो फिल्मको टिमसँग जोडिएको बताइन् । उनले भनिन्, ‘मलाई राजेश हमालले पहिल्यैदेखि नै फिल्म खेल खेल भन्नुहुन्थ्यो, अहिले आएर उहाँसँगै काम गर्न पाउँदा एकदमै खुसी छु ।’
आगामी फागुन १४ गते शिवरात्रिलाई प्रदर्शन मिति घोषणा गरेको फिल्ममा राजेश हमाल, राज कटुवाल , नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर लगायतका कलाकारको अभिनय रहनेछ । क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो फिल्मका द्वन्द निर्देशक चन्द्र पन्त हुन् । फिल्मलाई निर्माता नरेन्द्र महर्जन, पशुराम बस्नेत र ध्रुव न्यौपानेले संयुक्त रूपमा निर्माण गर्दैछन् । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, एफडी कम्पनी र रिच इन्टरटेन्मेन्टले संयुक्त रूपमा वितरण गर्नेछ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










