07/16/2025, 19:17:40

फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक


३२ असार, काठमाडौँ : फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू‘को टिजर सार्वजनिक भएको छ । टिजरमा कोरिया जाने सपना देखाइएको छ ।

फिल्मका मुख्य अभिनेता विजय बराल, केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा लगायत समेटिएका छन् । हिमाल न्यौपानेले निर्देशन गरेको यो फिल्म भदौ ६ देखि प्रदर्शनमा आउनेछ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । यो फिल्मको कथा भानुभक्त ढकालले लेखेका हुन् । फिल्ममा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत छ ।

नवीन गुरुङले खिचेको यो फिल्मलाई गोविन्द शाहीको काफिया फिल्म्सले वितरण गर्नेछ ।