07/13/2025, 21:45:57

एप्पल वाचले ९२ प्रतिशत सटिकताका साथ गर्भावस्था पत्ता लगाउने !


काठमाडौँ, २९ असार : एप्पल वाच जीवन बचाएको त यसअघि कैयौं पटक प्रमाणित भएको छ, अब एप्पल वाचले संकलन गरेका ठूलो मात्रामा स्वास्थ्य डेटाबाट अनुसन्धानकर्ताहरू थप के जानकारी निकाल्न सकिन्छ भनेर पत्ता लगाउने प्रयास गरिरहेका छन् । पछिल्लो अध्ययन अनुसार, भविष्यमा एप्पल वाचले गर्भावस्था पत्ता लगाउने नयाँ सुविधा पनि ल्याउन सक्छ, किनकि अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्, यो घडीले धेरै सटिकताका साथ गर्भावस्था पत्ता लगाउन सक्ने बताएका छन् ।

हालै प्रकाशित एक अध्ययन अनुसार, एप्पलसँगको सहकार्यमा विकसित गरिएको एआई मोडेलले एप्पल वाच र आईफोनबाट सङ्कलन गरिएको व्यवहारिक डेटाको आधारमा गर्भावस्था जस्ता स्वास्थ्य अवस्थाहरू पहिचान गर्न सक्ने बताइएको छ । यस अध्ययनको नाम ‘बियोन्ड सेन्सर डेटा: फाउन्डेसन मोडेल अफ बिहेभियरल डेटा फ्रम वेयरेबल्स इम्प्रूभ हेल्थ प्रेडिक्शन्स’ हो ।

यसले नयाँ प्रकारको मेसिन लर्निङ मोडेलको उल्लेख गर्दछ जुन वेयरेबल बिहेभियर मोडेल हो । यो परम्परागत स्वास्थ्य मोडेलहरू जस्तै कच्चा सेन्सर डेटा (जस्तै मुटुको दर वा रगतको अक्सिजन स्तर) मा मात्र भर पर्दैन, तर दीर्घकालीन व्यवहारिक ढाँचाहरूमा आधारित छ ।

वेयरेबल बिहेभियर मोडेलले प्रयोगकर्ताहरूको साप्ताहिक व्यवहार जस्तै उनीहरूको गतिविधि स्तर, निद्राको गुणस्तर, हिँड्ने ढाँचा, मुटुको दर परिवर्तनशीलता र अन्य स्वास्थ्य मेट्रिक्सलाई ध्यानमा राख्छ । यो मोडेल एप्पल हार्ट एण्ड मुभमेन्ट स्टडीको भागको रूपमा विकसित गरिएको थियो, जसमा १.६ लाख भन्दा बढी सहभागीहरूले स्वेच्छाले आफ्नो स्वास्थ्य डेटा साझा गरेका थिए ।

यो एआई मोडेललाई २.५ अर्ब घण्टा भन्दा बढी पहिरनयोग्य डेटामा तालिम दिइएको छ र ५७ विभिन्न स्वास्थ्य-सम्बन्धित कार्यहरूमा परीक्षण गरिएको छ । फलस्वरूप, यसले परम्परागत सेन्सर-आधारित मोडेलहरूमा उत्कृष्ट प्रदर्शन गर्‍यो, विशेष गरी गर्भावस्था, संक्रमण वा चोटपटकबाट निको हुने जस्ता शरीरमा बिस्तारै परिवर्तन हुने अवस्थाहरू पहिचान गर्नमा यसको प्रदर्शन उत्कृष्ट रहेको छ ।

गर्भावस्था पत्ता लगाउनको लागि, वेयरेबल बिहेभियर मोडेलले एप्पल वाचमार्फत ९२ प्रतिशत सम्मको सफलता हासिल गरेको छ । मोडेलले दैनिक गतिविधिहरूको डेटासँगै फोटोप्लेथिस्मोग्राफी जस्ता बायोमेट्रिक डेटा समावेश गर्दछ । यो हाइब्रिड दृष्टिकोण मुटुको दर वा अक्सिजन स्तर मात्र प्रयोग गर्ने मोडेलहरूलाई उत्कृष्ट प्रदर्शन गर्दै विशेष प्रभावकारी साबित भयो । अनुसन्धानकर्ताहरूले हिँड्ने शैलीमा परिवर्तन, गतिविधिको ढाँचामा परिवर्तन र निद्राको अवधिमा परिवर्तन गर्भावस्थाको सबैभन्दा भरपर्दो प्रारम्भिक संकेत भएको बताएका छन् ।